Blogroll

FAQ's

Ads 468x60px

Popular Posts

Technology

Featured Posts

Text Widget

Sample Text

Contact Form

Name

Email *

Message *

About us

FAQ's

Powered by Blogger.
Breaking news

Simple Post

Simple Post 2

Random Posts

Technology

Business

Gadgets

Find Us On Facebook

Video of Day

MOST RECENT

About us

Featured Video

Nature

[Latest News][6]

देश
विश्व

Combined Posts 2

Video Posts

Advertisement

Titulo

Social

Followers

Social Icons

Themes

Themes

Advertise Here

Translate

Like Us

Text Widget

Flickr Images

Popular Posts

Pages

Legal Stuff

Unordered List

Join our Team

Company

Popular Posts

Wednesday, September 7, 2016

अर्थहीन संवाद नगरौं : चिनियाँ राष्ट्रपति

6:16 AM
चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वले आर्थिक प्रगतिलाई तीव्रतर पार्ने उपाय हेरिरहँदा २० ठूला आर्थिक शक्तिलाई ‘अर्थहीन संवाद’ नगर्न आग्रह गरेका छन्। 
चीनले पहिलो पटक आयोजना गरेको जी–२० समूहको वार्षिक सम्मेलनमा विश्वका प्रमुख नेताहरू भेला भएका छन्। राष्ट्रपति सीले विश्व अर्थतन्त्रमा सुधार आइरहेको तर वित्त र व्यापारका क्षेत्रमा थुप्रै चुनौतीहरू बाँकी रहेको उल्लेख गरे।

सीले यो अभिव्यक्ति दिँदा सम्मेलनमा थुप्रै विषय बहसको लाइनमा छन्, जस्तो विश्वव्यापी स्टिल संकट, बेलायतको ईयू छाड्ने निर्णय (ब्रेक्जिट) र एप्पलजस्ता बहुराष्ट्रिय कम्पनीको कर।

राष्ट्रपति सीले भने, ‘विश्व अर्थतन्त्रसामु तेर्सिएका जोखिम र चुनौतीहरूको सवालमा अन्तर्राष्ट्रिय समुदायले हान्जाउ सम्मेलनबाट ठूला अपेक्षा राखेको छ।’ यो सम्मेलनअगाडि अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष फेरि पनि विश्वको आर्थिक वृद्धि कमजोर हुने संकेत गरेको छ। कोषले ब्रेक्जिटपछि संसारको आर्थिक परिदृश्यलाई कमजोर हिसाबमा प्रस्तुत गरिसकेको छ। जसअनुसार विश्वको आर्थिक वृद्धिदर सन् २०१६ मा ३ दशमलव १ प्रतिशत मात्र रहनेछ भने सन् २०१७ मा ३ दशमलव ४ प्रतिशत।

जी–२० सम्मेलन अमेरिकी राष्ट्रपति बाराक ओबामाका लागि अन्तिम र बेलायती नवनियुक्त प्रधानमन्त्री थेरेसा मेका लागि पहिलो हो। एक संयुक्त पत्रकार सम्मेलनमा ओबामाले ईयू जनमत संग्रहपछि बेलायतको पहिलो काम ‘युरोपको सवालमा ब्रेक्जिटको असर’ पत्ता लगाउनु रहेको बताए।

उनले अमेरिका ईयूसँग व्यापार वार्तालाई प्राथमिकतामा राख्न तयार रहेको बताए। ईयू र अमेरिकाबीचको व्यापार सन्धिलाई ट्रान्सएट्लान्टिक ट्रेड एन्ड इन्भेस्टमेन्ट पार्टनरसिप भनिन्छ। उनले यो वार्ता बेलायतसँग कुरा गर्नुअघि नै हुन सक्ने बताए। यो सम्मेलनमा प्रधानमन्त्री मेले ब्रेक्जिटका कारण पर्ने असरबारे मुख्य असरबारे व्याख्या गर्ने अपेक्षा गरिएको छ। जापानी सरकारले बेलायतमा रहेका आफ्ना कम्पनीहरूमाथि पर्ने असरबारे सम्मेलनमा प्रस्ट सरोकार राखिसकेको छ।

मेले १८ अर्ब डलर बराबरको हिन्क्ले प्वाइन्ट न्युक्लियर पावर प्रोजेक्ट सदर गर्ने विषयमा आफूले गरेको ढिलाइबारे पनि जवाफ दिएकी छन्। उनले ‘प्रमाणहरू हेरेर आवश्यक कारबाही’ अगाडि बढाउने बताइन्। उनले यो परियोजनामा चिनियाँ लगानीका विषयमा राखिएको सरोकारसँगै बढेको कूटनीतिक तनावका परिप्रेक्षमा राष्ट्रपति सीसँग वार्ता गर्ने कार्यक्रम छ।

जी–२० सम्मेलनको उदघाटनका दिनमा चीनले सस्तो स्टिल उत्पादन जारी राखेको विषयमा समेत छलफल भयो। युरोपेली परिषद्का अध्यक्ष जी क्लाउडे जन्करले चीनले आफ्नो अति औद्योगिक क्षमताले उब्जाएका समस्यालाई सम्बोधन गर्नुपर्ने बताए। उनले युरोपेली स्टिल उद्योगले पछिल्ला वर्ष थुप्रै रोजगारी गुमाएको विषय स्वीकार्य नहुने बताए। ‘अति क्षमता विश्वव्यापी समस्या हो तर यसमै रहेको चिनियाँ तत्त्व विशेष खाले छ,’ उनले भने। 

0 comments:

Post a Comment