कम्प र पहिरोले जोखिम बनाएपछि मानवीय बस्ती बस्न मिल्ने/नमिल्ने अध्ययन अनुसन्धान हुन नसकेपछि उत्तरी धादिङ लापाका ५ बस्तीका बासिन्दा अझै अन्योलमा छन् । भूगर्भविद्हरूले अन्तै सार्नुपर्ने सिफारिस गरेका रीगाउँका ४ र लापा गाविसका २ बस्तीबाहेक जिल्ला दैवीप्रकोप उद्धार समितिले लापाका ४ बस्ती र दार्खा ८ धार्नाको बस्ती पनि थप अध्ययन गरी सिफारिस गर्न निर्णय गरेको थियो ।
सिफारिस बमोजिम धादिङका रीगाउँका वडा नं ५, गाम्राङ, वडा नं ९ का चेप्राङ, करङ, अन्दर र लापा गाविसका चपाङचेत र च्याम्राङसहित ६ बस्तीलाई जोखियुक्त ठहर गर्दै अर्को प्राकृतिक विपत्ति बेहोर्नै नसक्ने यी जिल्लाभित्रको अवस्थालाई ‘संवेदनशील’ ठहर गरिएको छ । अध्ययनअनुसार धादिङ रिको रिचेत गाउँको समतल भागबाट बस्ती उठाउनुपर्ने सुझाव दिँदै अध्ययन टोलीले यो क्षेत्रमा अझै भूकम्पपीडित कष्टपूर्वक टेन्टको बासमा छन् । यस्तै, लापा गाविसका बस्तीमा पनि भौगर्भिक स्थिति नाजुक रहेको भन्दै री र लापाका झन्डै सय घरधुरी जोखिमयुक्त रहेको जनाइएको छ ।
‘सरकारले गरेका बाहेक लापा गाविसका थप ४ बस्ती तेन्चेत, तिङचेत, तीरगाउँ, कुन्चेत र दार्खाको गत साताको पहिरोले विस्थापित धार्नासमेत ५ बस्तीको भूगर्भविद्हरूद्वारा तत्काल अध्ययन गरी सुरक्षित स्थानमा सार्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सिफारिस गरी पठाएका छौं,’ प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले भने, ‘अध्ययन र सिफारिस गर्ने काम अझै भएको छैन ।’
यसअघि सिफारिस भएका ६ बस्तीको वैकल्पिक बस्ती बसाल्ने स्थानको पहिचानसहित सिफारिस गरिएको थियो । उक्त ६ बस्तीलाई सम्बन्धित गाविसहरूकै लङरचेत, बोजाङ, कचेत, डंग्रीचेत, डेजोङडाँडा, ठूलोगाउँ र तोप्चेतलाई चयन गरिएको छ ।
+Kantipur Media Group
0 comments:
Post a Comment