E - JobBoard - Professional Workplace

Your Key To Success

  • Post a CV

    Create an account free to register your account. Once you've registered your account, click the CV link (top right). Alternatively, click the arrow next to your sign-in email address (also top right) and click the CV link. From this page, you can create a CV from scratch or upload an existing file.

  • Get a Interview Call

    MThose on the job sites are usually agencies/brokers that filter out the resumes that do not match ... Anyone who doesn't have this will not get interview call.

  • Get an awesome job

    Hate your current job? Wish you could wake up not dreading the next ten hours? You can! We'll tell you how to get the awesome job of your dreams.

  • Blogroll

    FAQ's

    Ads 468x60px

    Popular Posts

    Technology

    Featured Posts

    Text Widget

    Sample Text

    Contact Form

    Name

    Email *

    Message *

    About us

    FAQ's

    Powered by Blogger.
    Breaking news

    Simple Post

    Simple Post 2

    Random Posts

    Technology

    Business

    Gadgets

    Find Us On Facebook

    Video of Day

    MOST RECENT

    About us

    Featured Video

    Nature

    [Latest News][6]

    देश
    विश्व

    Combined Posts 2

    Video Posts

    Advertisement

    Titulo

    Social

    Followers

    Social Icons

    Themes

    Themes

    Advertise Here

    Translate

    Kantipuram.Com

    Like Us

    Text Widget

    Flickr Images

    Popular Posts

    Pages

    Legal Stuff

    Unordered List

    Join our Team

    Company

    Popular Posts

    We found Few available jobs for you

    Wednesday, September 7, 2016

    अर्थहीन संवाद नगरौं : चिनियाँ राष्ट्रपति

    6:16 AM
    चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वले आर्थिक प्रगतिलाई तीव्रतर पार्ने उपाय हेरिरहँदा २० ठूला आर्थिक शक्तिलाई ‘अर्थहीन संवाद’ नगर्न आग्रह गरेका छन्। 
    चीनले पहिलो पटक आयोजना गरेको जी–२० समूहको वार्षिक सम्मेलनमा विश्वका प्रमुख नेताहरू भेला भएका छन्। राष्ट्रपति सीले विश्व अर्थतन्त्रमा सुधार आइरहेको तर वित्त र व्यापारका क्षेत्रमा थुप्रै चुनौतीहरू बाँकी रहेको उल्लेख गरे।

    सीले यो अभिव्यक्ति दिँदा सम्मेलनमा थुप्रै विषय बहसको लाइनमा छन्, जस्तो विश्वव्यापी स्टिल संकट, बेलायतको ईयू छाड्ने निर्णय (ब्रेक्जिट) र एप्पलजस्ता बहुराष्ट्रिय कम्पनीको कर।

    राष्ट्रपति सीले भने, ‘विश्व अर्थतन्त्रसामु तेर्सिएका जोखिम र चुनौतीहरूको सवालमा अन्तर्राष्ट्रिय समुदायले हान्जाउ सम्मेलनबाट ठूला अपेक्षा राखेको छ।’ यो सम्मेलनअगाडि अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष फेरि पनि विश्वको आर्थिक वृद्धि कमजोर हुने संकेत गरेको छ। कोषले ब्रेक्जिटपछि संसारको आर्थिक परिदृश्यलाई कमजोर हिसाबमा प्रस्तुत गरिसकेको छ। जसअनुसार विश्वको आर्थिक वृद्धिदर सन् २०१६ मा ३ दशमलव १ प्रतिशत मात्र रहनेछ भने सन् २०१७ मा ३ दशमलव ४ प्रतिशत।

    जी–२० सम्मेलन अमेरिकी राष्ट्रपति बाराक ओबामाका लागि अन्तिम र बेलायती नवनियुक्त प्रधानमन्त्री थेरेसा मेका लागि पहिलो हो। एक संयुक्त पत्रकार सम्मेलनमा ओबामाले ईयू जनमत संग्रहपछि बेलायतको पहिलो काम ‘युरोपको सवालमा ब्रेक्जिटको असर’ पत्ता लगाउनु रहेको बताए।

    उनले अमेरिका ईयूसँग व्यापार वार्तालाई प्राथमिकतामा राख्न तयार रहेको बताए। ईयू र अमेरिकाबीचको व्यापार सन्धिलाई ट्रान्सएट्लान्टिक ट्रेड एन्ड इन्भेस्टमेन्ट पार्टनरसिप भनिन्छ। उनले यो वार्ता बेलायतसँग कुरा गर्नुअघि नै हुन सक्ने बताए। यो सम्मेलनमा प्रधानमन्त्री मेले ब्रेक्जिटका कारण पर्ने असरबारे मुख्य असरबारे व्याख्या गर्ने अपेक्षा गरिएको छ। जापानी सरकारले बेलायतमा रहेका आफ्ना कम्पनीहरूमाथि पर्ने असरबारे सम्मेलनमा प्रस्ट सरोकार राखिसकेको छ।

    मेले १८ अर्ब डलर बराबरको हिन्क्ले प्वाइन्ट न्युक्लियर पावर प्रोजेक्ट सदर गर्ने विषयमा आफूले गरेको ढिलाइबारे पनि जवाफ दिएकी छन्। उनले ‘प्रमाणहरू हेरेर आवश्यक कारबाही’ अगाडि बढाउने बताइन्। उनले यो परियोजनामा चिनियाँ लगानीका विषयमा राखिएको सरोकारसँगै बढेको कूटनीतिक तनावका परिप्रेक्षमा राष्ट्रपति सीसँग वार्ता गर्ने कार्यक्रम छ।

    जी–२० सम्मेलनको उदघाटनका दिनमा चीनले सस्तो स्टिल उत्पादन जारी राखेको विषयमा समेत छलफल भयो। युरोपेली परिषद्का अध्यक्ष जी क्लाउडे जन्करले चीनले आफ्नो अति औद्योगिक क्षमताले उब्जाएका समस्यालाई सम्बोधन गर्नुपर्ने बताए। उनले युरोपेली स्टिल उद्योगले पछिल्ला वर्ष थुप्रै रोजगारी गुमाएको विषय स्वीकार्य नहुने बताए। ‘अति क्षमता विश्वव्यापी समस्या हो तर यसमै रहेको चिनियाँ तत्त्व विशेष खाले छ,’ उनले भने। 

    यसरी परिन् उजुरीकर्ता नै जेलमा

    5:44 AM
    सोमबार मध्याहन । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीको कोठामा एक महिला पुगिन् । उनी हतास मुद्रामा थिइन् ।
    ‘सर, मलाई श्यामसुन्दर गुप्ताले हैरान बनायो, उजुरी गर्न आएको,’ तारा रेग्मी नाम गरेकी ती महिलाले भनिन् ।
    ‘के भयो भन्नुस् ?’
    रेग्मीले निवेदन दिँदै भनिन्, ‘गुप्ताले पैसा मागेर हैरान बनायो, अहिले पैसा नदिए अपहरण गरिदिन्छु भन्छ ।’ गुप्ता तिनै थिए, जो राजनीतिको आवरणमा पटक–पटक अपराधमा मुछिँदै आएका थिए र व्यापारी पवन संघाईको अपहरणमा तीन वर्ष जेल सजाय काटेर एक वर्ष अगाडिमात्रै मुक्त भएका थिए ।
    घटना गम्भीर थियो । एसएसपी अधिकारीका अनुसार पूर्वमन्त्री गुप्ताले दुई महिनादेखि निरन्तर रेग्मीलाई धम्क्याइरहेको देखियो । प्रारम्भमा उनले रेग्मीलाई मात्रै फोन गर्दै आएका थिए । उनले फोन उठाउन छाडेपछि उनकी छोरीलाई फोन गरेर ‘तिम्रो ममीले फोन उठाइनन्, दुवैलाई गाह्रो होला’ भनेर धम्क्याउन थालेका थिए ।
    ‘आफूलाई मात्र फोन आउँदा उनी त्यत्ति गम्भीर नभए पनि छोरीलाई समेत धम्क्याउन थालेपछि भने डराएको देखियो,’ अधिकारीले भने, ‘किशोरी उमेरकी छोरीको अपहरण पो होला भनेर उनी प्रहरीको सहयोग खोज्न आएकी थिइन् ।’
    रेड रोज इन्टरनेसनलकी सञ्चालिका रेग्मी श्रीमती हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाकी प्रेमिका हुन् भन्नेबारे एसएसपी अधिकारी जानकार थिए ।
    नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा प्रवेश गर्दा यी दुवै ‘ब्याचमेट’ थिए । कोइराला सशस्त्रतिर लागे अधिकारी प्रहरीमै बसे । अदालतमा मुद्दा जाँदा रेग्मीलाई पनि प्रतिवादी बनाइएको थियो । प्रारम्भमा कोइराला पुर्पक्षका लागि थुनामा जाँदा रेग्मी एक लाख धरौटीमा छुटेकी थिइन् । मुद्दाबारे अधिकारीलाई यत्ति जानकारी थियो ।
    २०७१ वैशाख ७ मा काठमाडौं जिल्ला अदालतबाट फैसला आउँदा कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला भयो, अदालतले रेग्मीलाई गीता ढकालको हत्यामा सहयोगी भूमिका खेलेको ठहर्‍याउँदै एक वर्ष कैद सजाय सुनाएको थियो ।
    अन्तिम फैसलाबारे एसएसपी अधिकारी जानकार थिएनन् ।
    सोधपुछका क्रममा धम्काउनुको कारण रेग्मीविरुद्ध अदालतमा त्यही मुद्दा देखियो । अधिकारीले निवेदनसँगै रेग्मीलाई कार्यालयमै राखे । अपहरण गर्छु भन्दै धम्क्याएर पैसा मागेको उजुरीका आधारमा गुप्तालाई पक्राउ गर्न टोलीलाई ललितपुरको ताल्छीखेल पठाए ।
    यही बीचमा उनले फैसला कार्यान्वयन निर्देशनालयमा फोन गरेर रेग्मीको मुद्दाको अवस्थाबारे जानकारी लिए । निर्देशनालयको ढड्डाअनुसार उनी कैद सजाय भुक्तान गर्न बाँकी रहेको फरार अभियुक्त देखिइन् ।
    केही समयमै गुप्तालाई लिएर प्रहरी टोली आइपुग्यो । उनलाई आफ्नै कार्यकक्षमा राखेर एसएसपी अधिकारीले घटनाबारे सोधे । उनी मुसुमुसु हाँसीमात्रै रहे ।
    अधिकारीले पटक–पटक सोधेपछि गुप्ताले ‘तारालाई बोलाउनुस् न म कुरा मिलाइहाल्छु नि’ भन्दै मुद्दा अगाडि नबढाउन आग्रह गरे, धम्क्याएको बारे केही बोलेनन् ।
    गुप्तालाई पक्राउ गर्नुअगाडि नै प्रहरीले गुप्ता र रेग्मीको कल विवरण मगाएर विश्लेषण गरिसकेको थियो । विश्लेषणमा गुप्ताले तारालाई एक सयभन्दा बढी पटक फोन गरेको देखिएको थियो । पीडितको जाहेरी, कल विवरण र गुप्ताको व्यवहार र आपराधिक पृष्ठभूमि अनुसन्धान अगाडि बढाउन पर्याप्त आधार थिए ।
    अधिकारीले गुप्तालाई अपहरण अभियोगमा अनुसन्धानको म्याद माग्न अदालत पठायो भने रेग्मीलाई कैद भुक्तानका लागि कारागार चलान गरियो । अदालतले प्रहरीलाई अनुसन्धानका लागि गुप्तालाई चार दिन हिरासतमा राख्ने म्याद दियो, निर्णयका लागि ढिला भएको भन्दै रेग्मीलाई प्रहरीको हिरासतमै फर्कायो । ‘जिल्ला अदालतको फैसलाविरुद्ध रेग्मीले सर्वोच्चमा पुनरावेदनका लागि निवेदन दिएको खुले पनि रेकर्डमा कैद भुक्तान नगरेको फरार देखिएपछि पक्राउ गर्‍यौं,’ अधिकारीले भने, ‘मंगलबार उनलाई पुन: अदालत पठाउँदा केन्द्रीय कारागार चलान भइन् ।’
    रेग्मी धोबीघाटमा छोरीसँगै बस्दै आएकी थिइन् । कोइराला कारागार चलान भएपछि उनका दुई छोराको हेरचाहमा उनी संलग्न थिइन् ।
    उनी ११ महिनाका लागि जेल चलान भएपछि एसएसपी अधिकारीलाई डिल्लीबजार जेलबाट फोन गर्दै कोइरालाले भने, ‘मेरो छोरालाई हेर्ने त्यही एक जना थिइन्, त्यसलाई नि जेल पठाइदियौं हैन ।’
    ‘ऊ खिन्न थियो,’ कोइरालासँगको फोन संवादबारे खुलाउँदै एसएसपी अधिकारीले भने ।
                                                       ...
    रेग्मीबाट घटनामा संलग्न अर्का व्यक्तिबारे समेत खुलेको थियो । ती थिए महानगरीय प्रहरी प्रभाग बुङमतीका प्रमुख प्रहरी निरीक्षक अनिल पण्डित । पण्डितले आफूलाई धम्क्याएर १ लाख मागेको र ७५ हजार लगेको रेग्मीको जानकारीका आधारमा अधिकारीले आफूअन्तर्गतै रहेका पण्डितलाई पक्राउ गर्ने आदेश दिए ।
    उनलाई सोमबार बेलुका बुङमतीबाट जाउलाखेलमा रहेको परिसर कार्यालयमा ल्याएर सोधपुछ गर्दा गुप्तासँग मिलेर अदालतबाट कैद सजाय सुनाइएकी रेग्मीलाई पक्राउ गरेर अदालत बुझाउँछु भन्दै धम्क्याएर पैसा लिएको खुल्यो ।
    पण्डितले ‘रेग्मीलाई पक्राउ गर्न धोबीघाटमा रहेको उनको घर गएको तर घर पुगेपछि मति बिग्रिएर पैसा मागेको’ भन्दै सकारेपछि प्रहरीले उनलाई समेत अपहरण उद्योगमा गुप्ताको सहयोगी बनाएर अनुसन्धान अगाडि बढायो ।
    ‘पण्डितले पक्राउ गर्न गएको भने पनि बुङमतीको प्रहरी धोबीघाट जानुपर्ने कारण देखिएन,’ पण्डित पक्राउबारे एसएसपी अधिकारीले भने, ‘त्यसमा पनि उनले कार्यालय प्रमुखलाई समेत जानकारी नगराई गएकाले कैफियत देखिन्छ ।’
                                                         ...
    २०६८ माघ २ मा पक्राउ परेका गुप्ता माघको अन्त्यतिर पुर्पक्षका लागि डिल्लीबजार जेल पुगेका थिए । माघ २८ मा पक्राउ परेका कोइराला फागुन १४ मा त्यही जेल पुगे, रेग्मी एक लाख धरौटीमा छुटिन् ।
    निक्कै हतास मानसिकतामा रहेका कोइरालासँग हस्यौली स्वभावका गुप्ताले विस्तारै सम्बन्ध विस्तार गरे र पछि निक्कै नजिक भएपछि दु:खसुख दुवै बाँड्न थाले । कोइरालालाई भेट्न रेग्मी बारम्बार डिल्लीबजार पुगिरहन्थिन् । त्यही बेला कोइरालाले गुप्तासँग उनको परिचय गराइदिएका थिए ।
    अदालतमा बहस जारी थियो । सरकारी पक्षले ढकालको योजनाबद्ध हत्याको दाबी गरिरहेका थिए भने कोइराला पक्षका कानुनी सहयोगीले ‘आवेगमा हिर्काउँदा घरको भित्तामा ठोक्किएर मृत्यु भएकाले भवितव्य भनिरहेका थिए ।
    २७ पुसबाट बुढानीलकण्ठको घरबाट एकाएक हराएकी ढकालको शव माघ ७ मा मकवानपुरको टिस्टुङमा तीन चौथाइ जलेको अवस्थामा फेला परेकाले भवितव्य प्रमाणित हुन गाह्रो थियो । भयो त्यस्तै । २०७१ वैशाख ७ मा फैसला आउँदा कोइरालालाई सर्वस्वसहित जन्मकैद भयो, रेग्मीलाई १ वर्ष ।
    त्यो बेलासम्म गुप्ताको अन्तिम फैसला आएको थिएन । उनीसँगै पक्राउ परेका सहयोगीको बयान र घटनाक्रमले उनलाई अपहरणको मुख्य योजनाकार देखाएको थियो ।
    जसअनुसार सातदेखि १५ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान थियो । २०७२ जेठ २० मा फैसला आउँदा गुप्तालाई ३ वर्ष मात्रै कैद भयो ।
    कोइरालाले जिल्लाको फैसलाविरुद्ध पुनरावेदनमा गएका थिए । जेलभित्रैको छलफलमा उनले सबै सेटिङ मिलाएकाले आफू अब धेरै जेलमा बस्नु नपर्ने दाबी गर्थे । फैसला पनि त्यस्तै आएपछि कोइराला उनीसँग प्रभावित भए ।
    साउन २ मा उनको कैद समय सकिन्थ्यो । अनुसन्धान अधिकारीका अनुसार गुप्ताले कोइरालालाई पुनरावेदनमा गएको केस मिलाइदिएर योजनाबद्धबाट भवितव्य बनाएर जन्मकैदबाट ३ वर्ष बनाइदिने आश्वासन दिएका थिए । त्यही सिलसिलामा जेल बाहिर गुप्ता र रेग्मीको भेटघाट सुरु भएको थियो । पछि उनले पैसाको माग बढाउँदै लगे ।
    डिल्लीबजार जेलमै रहँदा पण्डितसँग गुप्ताको राम्रै हिमचिम थियो । जेलबाहिर आएपछि यी दुवै सम्पर्कमै थिए । गुप्ता ताल्छीखेलमा अनि पण्डित बुङमतीमा पुगेपछि दुवैको भेटबाट बाक्लियो । यही क्रममा गुप्ताले रेग्मीको मुद्दाबारे उनलाई बताएर पैसा असुल्न पठाएको एसएसपी अधिकारीले जानकारी दिए ।
    ‘प्रारम्भमा मुद्दाका लागि पैसा चाहिन्छ भन्दै १० लाखबाट बार्गेनिङ सुरु गरेको प्रारम्भिक अनुसन्धानमा देखिन्छ,’ एसएसपी अधिकारीले भने, ‘रेग्मीको मुद्दासमेत चाल पाएपछि उनले माग ५० लाखसम्म पुर्‍याएर रेग्मी र उनको छोरीलाई धम्क्याउने र आफू निकट प्रहरीलाई समेत पैसा असुल्न पठाएको देखियो ।’

    मानवीय बस्ती बस्न मिल्ने/नमिल्ने अध्ययन र अनुसन्धान नहुँदा अन्योल

    5:39 AM

    कम्प र पहिरोले जोखिम बनाएपछि मानवीय बस्ती बस्न मिल्ने/नमिल्ने अध्ययन अनुसन्धान हुन नसकेपछि उत्तरी धादिङ लापाका ५ बस्तीका बासिन्दा अझै अन्योलमा छन् । भूगर्भविद्हरूले अन्तै सार्नुपर्ने सिफारिस गरेका रीगाउँका ४ र लापा गाविसका २ बस्तीबाहेक जिल्ला दैवीप्रकोप उद्धार समितिले लापाका ४ बस्ती र दार्खा ८ धार्नाको बस्ती पनि थप अध्ययन गरी सिफारिस गर्न निर्णय गरेको थियो ।
    सिफारिस बमोजिम धादिङका  रीगाउँका वडा नं ५, गाम्राङ, वडा नं ९ का चेप्राङ, करङ, अन्दर र लापा गाविसका चपाङचेत र च्याम्राङसहित ६ बस्तीलाई जोखियुक्त ठहर गर्दै अर्को प्राकृतिक विपत्ति बेहोर्नै नसक्ने यी जिल्लाभित्रको अवस्थालाई ‘संवेदनशील’ ठहर गरिएको छ । अध्ययनअनुसार धादिङ रिको रिचेत गाउँको समतल भागबाट बस्ती उठाउनुपर्ने सुझाव दिँदै अध्ययन टोलीले यो क्षेत्रमा अझै भूकम्पपीडित कष्टपूर्वक टेन्टको बासमा छन् । यस्तै, लापा गाविसका बस्तीमा पनि भौगर्भिक स्थिति नाजुक रहेको भन्दै री र लापाका झन्डै सय घरधुरी जोखिमयुक्त रहेको जनाइएको छ ।
    ‘सरकारले गरेका बाहेक लापा गाविसका थप ४ बस्ती तेन्चेत, तिङचेत, तीरगाउँ, कुन्चेत र दार्खाको गत साताको पहिरोले विस्थापित धार्नासमेत ५ बस्तीको भूगर्भविद्हरूद्वारा तत्काल अध्ययन गरी सुरक्षित स्थानमा सार्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सिफारिस गरी पठाएका छौं,’ प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले भने, ‘अध्ययन र सिफारिस गर्ने काम अझै भएको छैन ।’
    यसअघि सिफारिस भएका ६ बस्तीको वैकल्पिक बस्ती बसाल्ने स्थानको पहिचानसहित सिफारिस गरिएको थियो । उक्त ६ बस्तीलाई सम्बन्धित गाविसहरूकै लङरचेत, बोजाङ, कचेत, डंग्रीचेत, डेजोङडाँडा, ठूलोगाउँ र तोप्चेतलाई चयन गरिएको छ ।
    +Kantipur Media Group 

     

    Featured Employers

    Boost your employer brand and reach millions of job seekers with a Featured Employer ad unit.

    What Client Says?

    Client services managers perform job tasks similar to those performed by customer service representatives. ... In general, representatives work to ensure client satisfaction with an organization's product or service. They are often the primary point of contact for a client or customer.

    -STEVE ANDREW
    Espenol INC.